क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराधको आरोप

क्रोएसिया, ६ कात्तिक २०७५ । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।

युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ ।

पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अदालतले उहाँलाई साढे दुई बर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो । तर पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गर्नु भएको छ । उहाँले सोही आरोपमा यस अघि नै जेल सजाँय भुक्तान गरेको दावी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताउनुभएको छ ।

 

  • 38Read This News:
  • 480382Total reads:
  • 287857Total visitors: