इन्डोनेसियामा भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो

This aerial photo shows people (R) driving past a washed up boat and collapsed buildings in Palu on October 1, 2018, after an earthquake and tsunami hit the area on September 28.

इन्डोनेसिया, १६ असोज २०७५ । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ ।

यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या ८४४ पुगेको थियो । तर स्थानीय समयानुसार मङ्गलबार अपराह्न १ बजेसम्म भूकम्प र यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार २३४ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायमा प्रवक्ता सुटोपो नुग्रोहोले बताउनु भएको छ ।

यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा आज विहान दुई ओटा भूकम्प गएको छ । आज बिहान सुम्बा द्वीपबाट करिब ४० किलोमिटर टाढा रहेको स्थान ५.९ म्याग्नीच्यूडको भूकम्पबाट प्रभावित भएको बताइएको छ ।
यस द्वीपमा करिब ७ लाख ५० हजार व्यक्तिको बसोवास रहेका छ ।

यस भूकम्पको करिब १५ मिनेट पछि सोही इलाकामा ३० किलोमिटर गहिराईमा ६।० म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको थियो । सुम्बा द्वीप सुलावेसी द्वीपबाट करिब १ हजार ६ सय किलोमिटर दक्षिणतर्फ पर्दछ ।

शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मङ्गलबार विहानको भूकम्पबाट पुनः त्रास फैलिएको बताइएको छ ।

 

  • 47Read This News:
  • 459154Total reads:
  • 268691Total visitors: