क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

बार्सिलोना, १६ असोज २०७५ । स्पेनको क्याटलेनियाको स्वतन्त्रताको पक्षमा सङ्घर्षरत पृथकतावादीहरूले सडक तथा रेलमार्ग अवरुद्ध गरेर सोमबार विरोध जनाएका छन् ।
उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन हुने रेलमार्गमा पनि अवरोध गरेको समाचारमा जनाइएको छ ।

“सबै कुरा अक्टोबर १ देखि सुरु हुन्छ र विवाद फर्केर अक्टोबर १ मै पुग्छ,” क्षेत्रीय पृथकतावादी अध्यक्ष क्विम टोराले भन्नुभयो ।
उहाँले सम्वोधन गर्नु भएको क्याटलोनियाको उत्तरी क्षेत्रमा पर्ने सान्त जुलिया डे रामिसमा आयोजित समारोहको मञ्चमा राखिएको “सेतो र कालो व्यानरमा नभुलौँ नभुलौँ” लेखिएको थियो ।

गिरोनामा पर्ने झण्डै दश किलोमिटर सडकमा र रेलमार्गमा हजारौँ अधिकारवादीहरूले अवरोध सिर्जना गरेका थिए ।
उनीहरूले झण्डै तीन घण्टा अवरोध गरेका थिए भने उनीहरूको अवरोधका कारण फिगुरेज, गोरोना र बार्सिलोनामा प्रभाव परेको थियो ।

 

  • 38Read This News:
  • 458619Total reads:
  • 268182Total visitors: