क्रोएसियाका कप्तान मोड्रिच फिफा वर्ष खेलाडी घोषित

वेलायत, १० असोज २०७५ । क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ ।

३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान गरेका थए । साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उहाँ क्लबका महत्वपूर्ण सदस्य रहनुभएको थियो ।

मोड्रिचले विश्वकपमा गोल्डेन बल (सुनौलो भकुन्डो) जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित भएको थियो ।

फ्रान्सलाई विश्वकप जिताउन टोलीको व्यवस्थापन गर्ने डिडियर डेस्चाम्पलाई वर्षका उत्कृष्ट कोच (प्रशिक्षक) को उपाधि प्रदान गरियो ।

साथै बेल्जियमका गोलरक्षक थिबट कोर्टोइसले फिफा गोलकिपरको उपाधि जित्यो ।

 

  • 63Read This News:
  • 404655Total reads:
  • 218117Total visitors: