उपरथीद्वय भण्डारी र भट्टलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ, ८ असोज २०७५ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार उपरथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले उहाँहरुलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । उपरथी भण्डारीले सम्भाररथी कार्यालय र उपरथी भट्टले व्यवस्था नीति तथा योजना महानिर्देशनालयको जिम्मेवारी पाउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

  • 102Read This News:
  • 404654Total reads:
  • 218116Total visitors: