भ्रष्टाचारी, कर छली र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि रु ५ सय र हजारको मुद्रामा रोक लगाएको मोदीको दावी

भारत, २९ कात्तिक २०७३। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गर्नुभएको छ ।

पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उहाँले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु ५ सय र १ हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोल्नुभएको थियो

कसैले सुइको साइनोसमेत नपाएको अनअपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

यस्तै अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको जानकारी दिनुभयो ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक हुनु भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गर्नुभयो ।

आर्थिक सुधारका अरू पनि कैयौँ कदमहरू भएको उहाँले बताउनुभएको छ । गोवा राज्यका जनताहरूबाट आर्शिवाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उहाँले बताउनु भएको छ ।

 

  • 33Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: