अवरोध तत्काल हटाउन सुस्तावासीको माग

नवलपरासी, २८ कात्तिक २०७३ । नवलपरासी सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् ।

नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निमार्णका काममा भारतपक्षद्वारा गरिएको अवरोध हटाउन भारत समक्ष पहल गरिदिन सुस्तावासीले सरकारसँग आग्रह गरेका हुन् ।

सुस्ता संरक्षणका लागि सरकारको लगानीमा नारायणी नदी छेउमा करिब १ हजार ५०० मि तटबन्ध निर्माण भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका कारण नेपाली भूमिमा बाँकी रहेको करिब ६० देखि ८० मि नारायणी नदीमा तटबन्ध गर्न बाँकी छ ।

सुस्तामा हालसम्म जनताको तटबन्ध कार्यक्रम अन्तर्गत करिब रु ६ करोडको लगानीमा तटबन्ध लगाउने काम भएको छ । चालु आव २०७३÷७४ मा करिब रु २ करोडको काम गर्न लागिएको जनताको तटबन्ध चितवन फिल्ड कार्यालयका इन्जिनियर विदुर केसीले बताउनुभयो ।

सरकारले कूटनीतिक पहल मार्फत भारतीय पक्षले अवरोध गरेको तटबन्ध पुनःसञ्चालन पहल गर्नुपर्ने सुस्तवासीको भनाइ छ । सुस्ता क्षेत्रमा भारतीय पक्षले गर्दै आएको अवरोध हटाउन कुटनीतिक पहल भइरहेको सांसद देवकरणप्रसाद कलवारको भनाइ छ ।

नवलपरासीको त्रिवेणी सुस्ता गाविस वडा नं ४ मा पर्ने सुस्ता गाउँमा करिब २ हजार ५ नेपाली छन् ।

 

  • 49Read This News:
  • 473364Total reads:
  • 281874Total visitors: