राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

संयुक्त राष्ट्र संघ, २८ कात्तिक २०७३ । संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गर्नुभएको छ ।

शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्नुहुदै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।

यसैगरी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि घटनाको निन्दा गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै घटनामा आक्रमणकारीको निशाना बनेका सर्वसाधारणको उपचारमा कुनै कमी हुननदिन पनि स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ ।

मृतक सङ्ख्या ५२ पुग्यो

क्वेटा ९पाकिस्तान०, २७ कात्तिक । दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेकोे बताएका छन् ।

वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा एकसय जनाभन्दा बढी घाइते भएका बताइएको छ ।

सधैँ उक्त स्थानमा साँझपख भेला भई धमालनामक धार्मिक नाच गरिने हुँदा उक्तमठमा उल्लेख्य सङ्ख्यामा स्थानीय भेला भएका बेला गरिएको आक्रमण भएको थियो । बोलीचिस्तानका गृहमन्त्री सनुल्लाह जेहरीले घटनामा प्राय महिला र बालबालिकासहित ५२ जनाको मृत्यु भएको र एकसयभन्दा बढी मानिसहरू घाइते भएका बताउनुभएको छ ।
घटनामा घाइते बनेका केही सर्वसाधारणलाई गम्भीर चोट लागेको पाइएकाले मृतक सङ्ख्यामा थप हुनसक्ने बताइएको छ ।

घटनास्थलमा सेना र प्रहरी पुगी र घटनाबारे जानकारी लिबिस्तृतमा अनुसन्धानपछि मात्र भन्न सकिने उहाँको भनाइ थियो ।

उक्त मठमा भएको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिइसकेको छैन ।

 

  • 40Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: