रोल्पा अस्पतालमा स्तनपान कक्ष स्थापना

रोल्पा, १७ भाद्र २०७५ । जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पुर्याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ ।

जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताउनुभयो । सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले सो कार्यको थालनी गरेको हो । यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपान कक्ष नहुँदा निकै समस्या भोग्दै आएका थिए ।

स्तनपानका लागि निश्चित ठाउँको अभावमा पहिलो बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए ।
सबै स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने प्रावधान रहे पनि अधिकांश स्वास्थ्य संस्था स्तनपान कक्षबिहीन रहेको पाइएको छ ।

 

  • 51Read This News:
  • 418516Total reads:
  • 231248Total visitors: