इथियोपियाका प्रधानमन्त्री अबि अहमद अलि औपचारिक ४ दिने चीन भ्रमणमा

चीन, १६ भाद्र २०७५ । इथियोपियाका प्रधानमन्त्री अबि अहमद अलि औपचारिक भ्रमणका लागि शनिबार चीन आउनु भएको छ ।

प्रधानमन्त्री अलिले शनिबारदेखि सेप्टेम्बर ४ सम्म चीनको भ्रमणमा आउन लाग्नुभएको समाचारमा जनाइएको छ ।

सोही भ्रमणकै क्रममा चीनको राजधानी बेइजिङमा आयोजना हुने चीन—अफ्रिका सहयोग मञ्च, (एफओसिएसी) मा पनि प्रधानमन्त्री अलि सहभागी हुनुहुने पनि उक्त समाचारमा उल्लेख छ ।

पूर्वी अफ्रिकी देश इथियोपियाबाट चीनको औपचारिक भ्रमण गर्ने उहाँ नै पहिलो प्रधानमन्त्री हुन ।

उहाँले गत अप्रिलमा प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । उहाँ त्यसअघि इथियोपियाको वर्तमान सत्तारुढ दलको नेताका रुपमा निर्वाचित हुनुभएको थियो ।

उहाँको यस भ्रमणपछि चीन र इथियोपियाको सम्बन्ध सुधार र सुदृढिकरणमा सहयोग पुग्ने अधिकारीहरुले जनाएका छन् ।

साथै उक्त चीन अफ्रिका मञ्चको सम्मेनलमा चीन र अफ्रिकाबीचको आर्थिक तथा विविध विषयमा छलफल हुने र अफ्रिकामा चिनियाँ लगानीको अवसर जुट्ने धारणा पनि जानकारहरुले राखेका छन् ।

 

  • 102Read This News:
  • 404499Total reads:
  • 217975Total visitors: