ढल्केवर इलाका अस्पताललाई स्तरोन्नति गरिनेः स्वास्थ्य राज्यमन्त्री यादव

धनुषा, ८ भाद्र २०७५ । स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण राज्यमन्त्री डा सुरेन्द्र यादवले मिथिला नगरपालिका ढल्केवरस्थित इलाका स्वास्थ्य चौकीलाई यथाशीघ्र १५–२० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज ढल्केवरमा कार्यकर्ता भेटघाट तथा इलाका स्वास्थ्य चौकी निरीक्षणको क्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

राज्यमन्त्री यादवले काजमा भए पनि तत्कालै एउटा एमबीबीएस डाक्टरलाई यो अस्पतालमा उपलब्ध गराउने बताउँदै प्रदेशस्तरीय ट्रमा सेन्टरको अवधारणा लागू भइसकेको जानकारी दिनुभयो ।

 

  • 37Read This News:
  • 404721Total reads:
  • 218180Total visitors: