गतवर्ष जस्तै यो वर्षपनि सामाजिक सेवाको सिफारिश निःशुल्क

काठमाडौँ, ३ भाद्र २०७५ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ ।

नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ ।

नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिश शुल्क) लाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गरेको छ । यसले नगरवासीलाई थप सहुलियत प्रदान गरेको छ ।

“सामाजिक सेवासँगसम्बन्धी प्रमुख सेवाका सिफारिशमा शुल्क लिने नीति नगरपालिकाको छैन । नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता लगायतका सिफारिशमा अघिल्लो वर्ष पनि शुल्क लगाइएको थिएन । यस वर्ष पनि छैन”, नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो ।

 

  • 29Read This News:
  • 459195Total reads:
  • 268727Total visitors: