मालीको राष्ट्रपतिमा ७३ बर्षीय केइटा ६७.१७ प्रतिशत मत प्राप्तगरी पुनः ५ वर्षकालागि निर्वाचित

बामाको, १ भाद्र २०७५ । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित हुनुभएको छ ।

आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उहाँ पुनः निर्वाचित हुनुभएको यहाँको निर्वाचन कार्यालयले बिहीबार जनाएको छ ।

विदेशी पर्यबेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ बर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पार्नु भएको छ ।

गत आइतबार भएको निर्वाचनमा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२.८३ प्रतिशत मत ल्याउनुभएको छ ।
सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गर्नुभएका ६८ बर्षीय सिसेले त्यतिबेला ३४.५ प्रतिशत मत पाउनु भएको थियो ।
भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ । उनीहरूबीचमा द्वन्द्वपनि रहेको छ ।

द्वन्द्वहरूमा पनि यस बर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो । निर्वाचनका बेला द्वन्द्वको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए ।

निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ ।

 

  • 38Read This News:
  • 480679Total reads:
  • 288138Total visitors: