राष्ट्रिय बक्सिङःमा टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफका खेलाडी विजयी

काठमाडौँ, १५ असार २०७५ । ‘प्रकाश दाहाल स्मृति’ राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो दिन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफका खेलाडी विजयी भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगितामा पुरुष ६४ केजीमा आर्मीका चार खेलाडी आ आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आर्मीका नरेश थापाले उदयपुरका सुजन राईलाई, किरण राना मगरले अल्टिमेटका विशाल बस्नेतलाई, आश्रित बोहोराले नक्सालका छिरिङ शेर्पालाई र बुद्धिसागर गुरुङले सल्यानका मिलन बुढालाई हराउँदै क्वार्टर फाइनलमा पुगेका हुन् ।

आर्मीका सुरेश नेपालले भने एपीएफका सोनम सार्कीसँग पराजित भए । सौही तौल समूहमा चितवनका सागर कुमालले दाङका रमेश थापा मगरलाई हराए ।

पुरुष ६० केजी तौल समूहमा कञ्चनपुरका रामबहादुर थापाले चितवनका टेकन बुढा मगरलाई, चितवनका आकाश सुवेदीले झापाका तोविन प्रधानलाई, झापाका प्रकाश लिम्बुले नक्सालका सुभम लिम्बुलाई, एपिएफका सुमन कार्कीले टेक्निकल फिटनेशका जेनिश राईलाई हराए ।

त्यस्तै आर्मीका दानबहादुर दर्लामीले बानुजका कर्मा तेञ्जिङ गुरुङलाई, मेघदूतका सकेन्द्र शाक्यले आर्मीका पवन अलीलाई, मेघदूतकै सलेन शाहीले काठमाडौँका सुमन बज्राचार्यलाई र नक्सालका किशोर शर्माले कैलालीका आशिष विष्टलाई हराए ।

यसैगरी, पुरुष ५६ केजीमा कास्कीका दिनेश बानियाँले नक्सालका मिग्मा ग्याल्जेन शेर्पालाई, रामेछापका सुमन नेपालीले सुर्खेतका प्रकाश तामाङलाई, झापाका जितेन्द्र राईले उदयपुरका विमल भूजेललाई, कञ्चनपुरका महेन्द्र चन्दले सुनसरीका शिव राईलाई पराजित गरे ।

एपीएफका पुरन राईले दाङका प्रेम चौधरीलाई, आर्मीका बाबुराम मगरले आर्मीकै राजु पुनलाई, झापाका सुरेन्द्र राईले रामेछापका फूर्वा शेर्पालाई र आर्मीका नरेश देवानले आर्मीकै पुरन सुनुवारलाई पराजित गरे । विजयी सबै खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै पुरुष ५२ केजीमा दाङका होमराज न्यौपानेले झापाका अंकित मगरलाई, आर्मीका विकास राईले झापाका भूगोल लिम्बूलाई, आर्मीका डोलबहादुर चौधरीले आर्मीकै धिरज सिंह क्षेत्रीलाई, कास्कीका केशव नेपालीले कास्कीकै दिनेश गुरुङलाई, एपीएफका विक्रम परियारले दाङका सिद्धान्त रावत राईलाई र आर्मीका सुदीप श्रेष्ठले सल्यान जनकबहादुर रोका मगरलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरें ।

पुरुषकै ४९ केजी तौल समूहमा एपिएफका प्रदीप महर्जनले तेज पुन मगरलाई पराजित गरी क्वार्टरफाइनलमा आफ्नो स्थान बनाए ।

आइतबारसम्म चल्ने उक्त प्रतियोगिताको महिलातर्फ बिहीबार दुई तौल समूहको प्रतिस्पर्धा गराइएको थियो । ४८ केजी तौल समूहमा भक्तपुरकी अस्मिता दुवालले मकवानपुरकी सुष्मा गुरुङलाई र एपीएफकी सावित्री तामाङले भक्तपुरकी सुष्मा खड्कालाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरें ।

त्यस्तै, महिलाकै ५१ केजी तौल समूहमा एपिएफकी माला राईले उदयपुरकी सुजाता भूजेललाई, आर्मीकी गीताकुमारी थापाले कैलालीकी सुष्मा तामाङलाई र नक्सालकी रोशनी राईले सुनसरीकी प्रभा निरौलालाई पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरें ।

 

  • 90Read This News:
  • 480683Total reads:
  • 288142Total visitors: