म्यानमारको सुरक्षाकर्मीद्वारा रोहिङ्ग्या बालकमाथि गोली प्रहार

बङलादेश, १५ असार २०७५ । म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले बिहीबार रोहिङ्ग्या बालकमाथि गोली प्रहार गरेका छन् ।

सुरक्षाकर्मीको गोली लागि १० बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बङ्लादेशसँगको म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि उनीहरूले गोली प्रहार गरेको बताइएको छ ।

झण्डै ७ लाख भन्दा बढी रोहिङ्ग्या मुस्लीम समुदायका नागरिक गत बर्ष म्यानमारबाट लखेटिएका थिए । उनीहरूलाई म्यानमारका सुरक्षाकर्मीले नै जवरजस्त लखेटेका थिए ।
लखेटिएका मध्ये अधिकांश बङ्लादेशमा शरणार्थी जीवन बिताइरहेका छन् भने उनीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय सहयोग निकायहरूले सहायता प्रदान गरेका छन् ।

“निषेधित क्षेत्रमा केही बालबालिकाहरू खेलिरहेका बेला म्यानमार सिमा सुरक्षा प्रहरीको कार्यालय तर्फबाट अन्सार माथि गोली प्रहार भयो,” स्थानीय सामुदायिक नेता दिल मोहम्मदले भन्नुभयो ।

बालकमाथि अनाहकमा प्रहरीले गोली प्रहार गरेको भन्दै अधिकारवादी संघसंस्थालगायत विभिन्न क्षेत्रबाट विरोध भएको छ ।

 

  • 64Read This News:
  • 417378Total reads:
  • 230134Total visitors: