शरणार्थीको सहयोगको लागि विश्वका सबै देश र समुदायसंग आग्रह

अमेरिका, ७ असार २०७५ । विश्वभर हिंसाको कारण हरेक दिन हजारौँ परिवार शरणार्थी बन्न बाध्य भएका छन् ।

विश्व शरणार्थी दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यी शरणार्थीको सहयोगको लागि विश्वका सबै देश र समुदायलाई आग्रह गर्नुभएको छ ।

उहाँले विविध खाले हिंसाका कारण हरेक दिन हजारौैँ नागरिकले कुनै न कुनै देशबाट भाग्नुपरिरहेकोले उनीहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

गुथ्रेसले दिनुभएको एक सन्देशमा शरणार्थीको लागि जति सक्दो सहयोग पुृ¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, “शरणार्थी हुनु कसैको रहर नभएर बाध्यता हो त्यसैले विश्वका नागरिकले यो वास्तविकता बुझेर काम गर्नुपर्छ, उनीहरुलाई सहयोग गर्नुपर्छ र र सद्भाव राख्नुपर्छ ।”

सन् २०१७ को अन्त्यसम्मको तथ्याङ्कअनुसार विश्वमा करिब ६ करोड ८० लाख व्यक्ति आन्तरिक र बाह्यरुपमा शरणार्थी बनेका छन् ।

संयुक्त राष्ट्रसंघले गरेको यस अध्ययनमा भनिएको छ यो सङ्ख्या दोस्रो विश्वयुद्ध पछिको नै सबैभन्दा धेरै हो ।

विश्वका विकासशिल राष्ट्रबाट औषतमा हरेक दुई मिनेटमा एक व्यक्ति विस्थापित हुने गरेको तथ्याङ्क राष्ट्रसंघले प्रकाशन गरेको छ ।

युद्ध, हिंसा र अत्याचारबाट भागेका शरणार्थीको रक्षाको लागि आजको विश्वमा कुनै समुदाय राष्ट्रले पनि जिम्मेवारी नलिइएको र यो पक्ष अत्यन्तै दुःखद रहेको गुथ्रेसले बताउनुभएको छ ।

शरणार्थी समस्याको समाधानको एक सामान्य प्रयासस्वरुप यस वर्षको राष्ट्रसंघीय साधारणसभामा शरणार्थीको तर्फबाट पनि प्रतिनिधित्व गराइने उहाँले बताउनुभएको छ ।

 

  • 69Read This News:
  • 480332Total reads:
  • 287813Total visitors: