भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारत, २१ जेठ २०७५ । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ ।

भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को स्थानिय समय अनुसार बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो ।

अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता भएको क्षेप्यास्त्र हो ।

अग्नी–५ सवैभन्दा लामो दूरी मार हान्ने आणविक क्षमताको शक्तिशाली क्षेप्यास्त्र भारतको छैठौँ सफल परीक्षण हो । यसको अन्तिम परीक्षण भारतले सन् २०१८ को जनवरी १८ मा गरेको थियो ।

अग्नी श्रृङ्खलाको अग्नी–५ क्षेप्यास्त्र प्रणाली इन्टिग्रेटेड गाइडेड मिसाइल डेभलपमेन्ट कार्यक्रम अन्तर्गतको मौलिक हतियार हो ।

 

  • 44Read This News:
  • 480665Total reads:
  • 288126Total visitors: