नेपाली काँग्रेस अब नया ढंगबाट अघिबढ्नुको विकल्प छैन

अछाम, २० जेठ २०७५ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेपाली कांग्रेस अब नया ढंगबाट अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ । कांग्रेस पछिल्लो समयमा केही प्राविधिक कारणले पछि परेको भन्दै अब बिगतमा भएका कुरालाई लिएर बादबिवाद तर्फ लाग्नु भन्दापनी गम्भीर समिक्षा सहित नया सिराबाट अघिबढ्न्पर्ने बेला आएको बताउनुभयो । स्थानीय तहका अधिकांश ठाउँमा नेपाली काँग्रेसले कब्जा जमाएको बताउदै नेता साउदले नेपाली काँग्रेसका नेता कार्यकर्ता आत्तिनुपर्ने कुनैपनी कारण नरहेको बताउनुभयो ।

नेपाली कांग्रेस ठूलो पृष्ठभूमी भएको पार्टी भएको भन्दै नेपाली काग्रेसलाई कसैसंग तुलना गर्न नमिल्ने भएकाले अब नेपाली कांग्रेसका कार्यकर्ता गुट उपगुटमा नलागी एकताबद्ध भएर अघिबढ्नुपर्ने बेला आएको भनाई राख्नुभयो ।

पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका नेताहरु नै असन्तुष्टी बढी देखीने गरेको गुनासो पोख्दै उहाले यस्तै कारणले पार्टी कमजोर हुदै गएकाले यस्तो अवस्थाबाट अब पार्टीलाई माथी उठाउन जुटन आग्रहगर्नु भयो ।

नेपाल तरुणदल अछामको जिल्ला प्रतिनिधी भेलालाई सम्बोधन गर्दै नेता साउदले नेपाली काँग्रेसभित्रै थुप्रै समस्या रहेको भन्दै बिग्रहका कुरा गर्नु भन्दापनि पार्टी भित्र रहेका कमीकमजोरी सुधार्दै संगठन निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताउनु भयो । पूर्व सिचाई मन्त्री समेत रहनु भएका साउदले अहीलेको सरकारले ७ नम्बर प्रदेशलाई बजेट बिनियोजनमा अन्याए गरेको आरोप लगाउनु भएको छ ।

भवानी प्रसाद भण्डारी

 

  • 116Read This News:
  • 480389Total reads:
  • 287864Total visitors: