उक्ल्यो सुनको भाउ प्रतितोला ८ सयरुपैयाले उकालो

काठमाडौँ, १९ कात्तिक २०७३ । नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू ८ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला रू ५६ हजार ७०० मा कारोबार थियो । आज सुनको मूल्य रू ५७ हजार ५०० कायम भइ कारोबार भएको छ ।

तेजावी सुनको मूल्य गत साता रू ५६ हजार ४५० मा कारोबार भएकामा आज प्रतितोला रू ५७ हजार २५० मा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य गत साताको तुलनामा प्रतितोला रू ३० ले वृद्धि भइ आज रु ८४० कायम भएको छ । सामान्य अवस्थामा सुन दैनिक १० किलो कारोबार हुँदै आएकामा तिहारमा दैनिक ३० किलो कारोबार भएको सङ्घले जनाएको छ ।

 

  • 38Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: