विपद् जोखिम न्यूनीकरणकालागि जापानले दुई करोड बढी अनुदान दिने

काठमाडौँ, १९ कात्तिक २०७३ । जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न रु २ करोड ४५ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो ।

यहाँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा जापानी गैरसरकारी संस्था सप्ला सिटिजन्स कमिटिका देशीय निर्देशक तोयाकी कोमातिसुले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सप्ला सिटिजन्स कमिटी र चितवनस्थित गैरसरकारी संस्था ग्रामीण पुनःनिर्माण नेपाल नामक संस्थाले स्थानीय तहमा बाढीपहिरोलगायत विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्दै आएका छन् ।

 

  • 45Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: