सुरक्षा कारबाहीमा २१ जना लुटेराको मृत्यु

नाइजेरिया, २३ चैत २०७४ । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा सरकारी सुरक्षा फौज र लुटेराहरूबीच भएको भडपमा सुरक्षाकर्मीको गोली लागि कम्तिमा २१ जना लुटेराको मृत्यु भएको नाइजेरियाली सेनाका प्रवक्ताले बिहीबार जनाएका छन् ।

प्रवक्ता टेक्सास सिहुकुले भन्नुभयो, “दोहोरो झडपमा २१ लुटेराको मृत्यु भएको छ भने सुरक्षा फौजतर्फ दुई सैनिकले शाहदत प्राप्त गरेका छन् ।”

जाम्फाराको प्रान्तीय राजधानी गुसाउमा भएको झडपमा ठूलो सङ्ख्यामा लुटेरा घाइते भएपनि सुरक्षाकर्मीको नियन्त्रणबाट उम्कन सफल भएका उहाँले बताउनुभयो ।

लुटेराको विगविगी भएपछि स्थानीयको अनुरोधमा गत महिना नाइजेरियाली राष्ट्रपति मुहम्मद बुहारीले जाम्फारामा थप फौज तैनाद गरी गत वर्षदेखि बढेको सर्वसाधारणको हत्यामा सम्लग्न गरिरहेका लुटेराविरुद्ध कारबाही चलाउन आदेश दिनुभएको थियो ।

 

  • 37Read This News:
  • 474747Total reads:
  • 282993Total visitors: