
काठमाण्डौ, १३ चैत २०७४ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर तयार पारिएको दिपक थापा मगरको लोकदोहोरी गिती आत्महत्या बजारमा आएको छ ।
गायक दिपक थापा मगर र गायिका अम्विका बाँनियाको सुमधुर आवाज रहेको गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । आफुलाई माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा एल्वम आत्महत्यामा समेटिएको छ ।
रमेश श्रेष्ठको शब्द तथा मिन बहादुर नेपाली र दिपक थापा मगरको संगित रहेको गिती भिडीयोलाइ दृश्य निर्देशक बविता श्रेष्ठले निर्देशन गरेका छन् । सागर गौत्तमको छायाँकन , अभिनास डिसीको सम्पादन रहेको भिडियोमा दिपक थापा मगर र सविता खड्काको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।