बेलायतले रुसी कुटनीतिज्ञलाई देश निकाला गरेकोप्रति इयुको समर्थन

ब्रसेल्स, ६ चैत २०७४ । युरोपेली संघका विदेश मन्त्रीले रुसी कुटनीतिज्ञहरुलाई देश निकाला गर्ने बेलायतको निर्णयप्रति समर्थन जनाउनु भएको छ ।

विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास प्रकरणमा वेलायतले २३ जनालाई देश निकाला गर्ने निर्णयप्रति उहाँले सोमबार समर्थन जनाउनु भएको हो ।
मासिक बैठकपछि निकालेको वक्तव्यमा उहाँले आक्रमणको कडा शब्दमा भत्सर्ना गर्नुभएकोे छ ।

घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै उहाँले पिडितप्रति गहिरो सहानुभूती व्यक्त गर्नुभएको छ ।
यसअघि अमेरिका लगायतका देशहरुले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए ।
यसअघिल्लो बुधबार बेलायती प्रधानमन्त्री टरिजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको थियो ।

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।

रुसी सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ ।

 

  • 20Read This News:
  • 417707Total reads:
  • 230460Total visitors: