पुनःनिर्वाचनका लागि तयारी नगरेको ब्राजिलका राष्ट्रपतिको दावी

ब्राजिल, १३ फागुन २०७४ । ब्राजिलका राष्ट्रपति मिचेल टेमेरले आगामी अक्टोबरमा हुने निर्वाचनमा आफुले फेरी निर्वाचित हुन कुनै तयारी नगरेको शुक्रबार बताउनु भएको छ ।

एउटा रेडियो अन्तवार्तामा उहाँले आफ्नो लोकप्रियता बढ्दै गएकाले पुनः निर्वाचनमा लड्ने अनुमानहरुलाई अस्विकार गर्नुभयो ।

गत हप्ता भरी ब्राजिलमा टेमेरले फेरी पनि राष्ट्रपतीय निर्वाचनमा प्रतिश्पर्धा गर्ने चर्चा व्यापक भएको थियो ।

मेरो हस्तक्षेपकारी भूमिका अर्को छुट्टै अभियानका लागि हो, यो कुनै निर्वाचन प्रयोजनका लागि होइन, टेमेरले भन्नु भयो । उहाँले थप्नुभयो, “म उम्मेदवार हुनेछैन ।”

 

  • 44Read This News:
  • 406582Total reads:
  • 219917Total visitors: