‘ओ नायक !’ लिएर आइन कवि सुनिता खनाल

काठमाडौं, ८ माघ २०७४ । कवि सुनिता खनालले आफ्नो कविता संग्रह ‘ओ नायक ’ गएको शनिवार काठमाण्डौमा सार्वजनिक भएकोछ । कवि सुनिता खनालको पहिलो कविता संग्रह हो यो ‘ओ नायक !’

चार खण्डमा विभाजित संग्रहमा प्रकाशित र अप्रकाशित गरी ३६ वटा कविता रहेका छन् ।

कविहरु श्यामल, श्रवण मुकारुङ, मोमिला, सुनिता खनाल र कवि खनालकी आमाले ‘ओ नायक १’ को एकसाथ विमोचन गर्नुभएको थियो ।

कवि मोमिलाले सुनिता खनालका कविता सशक्त भएको बताउनु भयो । उहाँले नयाँ पुस्ताका कवि पनि सशक्त रुपमा अगाडि आएको बताउनु भयो । त्यस्तै कवि श्यामल र श्रवण मुकारुङले नेपाली कविताका विविध पक्षबारे आ–आफ्ना मत व्यक्त गर्नुभएको थियो ।

कवि श्रवण मुकारुङले पुराना पुस्ताका कवि नयाँ पुस्ताका सिर्जनाबाट असन्तुष्ट भएको वताउनु भयो । अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने कवि मुकारुङलेबताउनु भयो ।

मुकारुङको विचारप्रति फरक मत राख्दे कवि श्यामलले रिमाल, भुपी, देवकोटा, विजय मल्लका कविता अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । उनले अहिलेका कविता धेरै हतारिएर लेखिएको जस्ता भएको पनि बताए । उनले काठमाडौंमा बसेर जुम्लाको कविता लेख्ने प्रवृत्तिले गर्दा कविताको स्तर खस्किएको बताउनु भयो । कविताको सान्दर्भिकता कहिले लेखियो र कविको उमेरले भन्दा पनि त्यसको विषयवस्तु तथा समयचेतनाले पुष्टि गर्ने श्यामलको विचार थियो ।

फिनिक्स बुक्सले प्रकाशन गरेको ‘ओ नायक !’ को मूल्य २५० रुपैयाँ रहेको छ ।

 

  • 49Read This News:
  • 406747Total reads:
  • 220067Total visitors: