खुकुरी टी–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, ८ माघ २०७४ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ ।

यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिनुभयो ।

इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सहभागी टोलीले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आबद्व चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् ।

प्रतियोगिताका विजेताले रु ३ लाख तथा उपविजेताले रु १ लाख हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही रु १० हजार पाउनेछन् ।

 

  • 26Read This News:
  • 439270Total reads:
  • 251200Total visitors: