आज चन्द्रग्रहण, दिउँसो २ बजेर ७ मिनेटदेखि भोजन निषेध

काठमाडौँ, २३ साउन २०७४। श्रावण शुक्ल पूर्णिमाका दिन आज राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । भोली राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । १ बजेर ४ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।

१ घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ ।

 

  • 92Read This News:
  • 417425Total reads:
  • 230181Total visitors: