जिल्ला समन्वय समिति भक्तपुरमा गेलालसहितको प्यानलै विजयी

भक्तपुर, २२ साउन २०७४ । जिल्ला समन्वय समिति भक्तपुरको आज भएको निर्वाचनमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

आज जिसस कार्यालयमा भएको निर्वाचनमा जिसस प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित हुनुभएको हो । सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी हुनुभएको छ ।

कूल ८ मत रहेकामा ७ मत मात्रै खसेको थियो भने खसेको मतमा एमालेको प्यानलले ५ मत र नेमकिपाका उम्मेदवारले २ मत प्राप्त गर्नुभएको थियो ।

नेपाली काँग्रेसले भने उम्मेदवारी दिएन भने मतदानमा पनि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ४ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थाअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगर प्रमुख एवम् उपप्रमुख गरी ८ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा नेमकिपाले भने जिसस प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरिरत्न गोर्खालीसहित सदस्यहरुमा रोशनमैया सुवाल, रोशन खत्री, जितेन्द्र मुनंकर्मी, रञ्जना त्वाती, जगतलाल मानन्धर र विजयालक्ष्मी शाक्य तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा सुनिता द्यौलालाई उम्मेदवार बनाएको थियो ।

 

  • 71Read This News:
  • 417378Total reads:
  • 230134Total visitors: