रसुवा, २७ जेठ । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौँबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा क्षति भएको छ ।
६ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् ।
हेलिकप्टर मर्मत गरी काठमाडौँलान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित २ वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ ।


