कुवेत, २४ जेठ २०७४ । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतारसँग ६ अरब राष्ट्रविच कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ ।
कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका ६ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ जानुभएको कतारी सांसदहरुले जनाएका छन् ।


