टासफर्मर क्षमता नपुगेका कारण उत्तरी रसुवाका ४० भन्दा बढी गाउँमा विद्युत अवरद्द

रसुवा, २० जेठ २०७४ । टासफर्मर क्षमता नपुगेका कारण उत्तरी रसुवाका ४० भन्दा बढी गाउँमा आज विद्युत सेवा बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरण रसुवाका प्रमुख शोभितबहादुर क्षेत्रीका अनुसार टासफर्मरहरुको क्षमता बढाउने काम अगाडि बढाइएकाले गोसाइँकुण्ड र पार्वती गाउँपालिका पूरै र कालिकाको वडा नंं १ मा विद्युत आपूर्ति बन्द भएको हो ।

विद्युत सेवा सुरु गर्न टासफर्मर जडान गर्ने कार्य आज बिहानैदेखि सुरु भएको र एक/दुई दिनमा विद्युत सेवा सुचारु हुने उहाँले जानकारी दिनुभयो ।

विद्युत सेवा अवरुद्ध हुँदा ४ हजार ४०० घरपरिवारलाई असुविधा पुगेको प्राधिरकणले जनाएको छ । सदरमुकाम धुन्चे, राम्चे, ब्रिदिम, स्याफ्रु, टिमुरे, हाकु, गोल्जुङ, गत्लाङ, चिलिमेलगायतका सम्पूर्ण भू–भाग अन्धकार भएको छ ।

 

  • 84Read This News:
  • 480424Total reads:
  • 287899Total visitors: