गृहमन्त्री निधि फर्कियो राजीनामा फिर्ता

काठमाडौँ, २१ वैशाख २०७४ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो ।

गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भन्नुभयो “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिनुभएको प्रेस संयोजक दाहालले बताउनुभयो ।

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिनुभएको थियो ।

 

  • 30Read This News:
  • 450089Total reads:
  • 261465Total visitors: