सुडानमा हिंसा रोक्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ, १८ वैशाख २०७४ । संयुक्त राष्ट्रसङ्घले युद्धरत दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक विद्रोहको बाटो त्याग्न आग्रह गरेको छ । त्यहाँको युद्धरत पक्षलाई युद्धको बाटो त्यागेर शान्ति वार्ताको बाटो समात्न आग्रह गरेको हो ।

विश्वको सबैभन्दा कान्छो देशका रुपमा परिचित सो देश स्वतन्त्र भएसँगै सुरु भएको सशस्त्र हिंसाकाकारण नागरिकमा विभिन्न खालका समस्या उत्पन्न हुँदै गएकोले त्यसतर्फ गम्भीर हुन आग्रह गरिएको समाचारमा जनाइएको छ ।

सरकारले पछिल्लो समयमा यहाँको हिंसा अन्त्यका लागि भन्दै आक्रामक कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । सो आक्रामक कारबाहीका कारण पनि यहाँको पछिल्लो अवस्था निकै नै नाजुक भएको छ । जसका कारण यहाँका नागरिकमा आधारभूत आवश्यकताको पनि कमी हुँदै गएको बताइएको छ ।

यस हिंसाले गर्दा सुडानमा निकै नै सत्रुतापूर्ण कार्य बढ्नुका साथै नागरिकका आधारभूत आवश्यताको पूर्तीको आधार पनि बन्न सकिरहेको छैन ।

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले भन्नुभएको छ, दक्षिण सुडानको अवस्था निकै नै नाजुक बन्दै गएकोले युद्धरत पक्ष र विद्रोही दुवै पक्षलाई हिंसाको अन्त्यगरी युद्धविरामका माध्यमबाट शान्तिपूर्ण समाधानको बाटो खोज्न हामी हार्दिक आग्रह गर्दछौँ ।

यहाँका सर्वसाधारण नागरिकमा परेको दुःख र कष्टका कारण राष्ट्रसङ्घलाई पनि निकै अप्ठेरो परिरहेकोले नागरिकको आधारभूत आवश्यकता र मानवीय सहायताका लागि सबै पक्षको उत्तिकै दायित्व भएकोले यसका लागि त्यहाँको सरकार र युद्धरत पक्षसँग संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको बताएको छ ।

सुडानमा जारी हिंसाका कारण पछिल्लो समयमा कैयौँ नागरिकको ज्यान गइसकेको छ । त्यहाँको हिंसा अझै पनि रोकिएको छैन । यसअघि भएका पटक पटकका शान्ति वार्ताहरुको परिणाम सकारात्मक आउन नसकेपछि यसरी हिंसा भड्किएको हो ।

 

  • 48Read This News:
  • 448437Total reads:
  • 259918Total visitors: