‘समृद्धिको बाटो’ विमोचन

काठमाडौँ, १२ चैत २०७३। केशव श्रेष्ठद्वारा लिखित ‘समृद्धिको बाटो’ नामक पुस्तकको आज विमोचन गरिएको छ ।

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, अर्थविद् डा चन्द्रमणि अधिकारी र नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले यहाँ आयोजित कार्यक्रममा संयुक्तरुपमा कृतिको विमोचन गर्नुभएको थियो ।

पुस्तक विमोचन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पाण्डेले राजनीतिक एजेण्डा सकिएकाले देशलाई समृद्धितर्फ डोर्याउनुपर्ने बताउनुभयो ।

उहाँले देशलाई समृद्धि बनाउनका लागि राज्य संयन्त्र र कर्मचारीलाई परिचालन गर्नुपर्ने बताउँदै मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्दछ भन्नुभयो । उद्यमशीलताको विकासबाट मात्र देशलाई समृद्धिको बाटोमा लैजान सकिने भन्दै सबैले उद्यशीलता कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा अर्थविद् डा अधिकारीले पुस्तकप्रति समीक्षा गर्दै नयाँ पुस्तालाई देशको आर्थिक समृद्धि गर्न सिकाउने बताउनुभयो ।

आर्थिक पत्रकार समाज अध्यक्ष अवस्थीले पुस्तकमा लेखकले रोचक ढङ्गबाट मुलुकको आर्थिक पक्षलाई केलाएको बताउनुभयो ।

पत्रकार कुवेर चालिसे र नेपाल–भारत संयुक्त पत्रकार समाजका अध्यक्ष पूर्णलाल चुकेले पुस्तकले नेपालीलाई उद्यमशीलता बनाउन खोजिएको बताउनुभयो ।

पुस्तकका लेखक केशव श्रेष्ठले देशका विभिन्न ठाउँमा जाँदा आफूले देखे भोगेका कुरालाई आर्थिक पक्षबाट उतारेको बताउनुभयो ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको पुस्तकमा आर्थिक गतिविधिलाई केन्द्रित गरिएको २० वटा लेख रहेका छन् ।

 

  • 49Read This News:
  • 418467Total reads:
  • 231200Total visitors: