काठमाण्डौ, ७ चैत २०७३ । जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोगमा प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगीता २०७३ आयोजना हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजनमा हुने प्रतियोगीतामा काठमाडौं जिल्ला भित्र रहेका दश नगरपालिकाहरुले सहभागीता जनाउनेछन ।
प्रतियोगीताको विजेता टिमले नगरकप ट्रफी सहित १ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टिमले ५१ हजार र तेस्रो हुने टिमले २५ हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन ।
यसैगरी प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडीले १० हजार र सबै विधाका उत्कृष्ट खेलाडीले उपाधी सहित जनही ५ हजार रुपैँया प्राप्त गर्ने छन् ।
प्रतियोगीता यहि चैत २४ देखी ३१ गते सम्म काठमाडौँमा सञ्चालन हुने छ ।
– परेश सापकोटा


