भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान

काठमाडौँ, १६ फागुन २०७३ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहो¥याउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहनुभएका मन्त्री डा महतले आज शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कँदासम्म तथा कुनै तेस्रो मुलुकमा पुनःस्थापित नहुँदासम्म राष्ट्रसङ्घीय उक्त निकायलाई मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट नहट्न आग्रह गर्नुभयो ।

नेपालमा हाल बाँकी रहेका दश हजारभन्दा केही बढीको सङ्ख्यामा रहेका ती शरणार्थीलाई नेपालमै पुनःस्थापित गर्न उक्त निकायले नेपाललाई आग्रह गर्दै आएको थियो भने नेपालले ती शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको छ ।

 

  • 38Read This News:
  • 449590Total reads:
  • 260991Total visitors: