काभ्रे, १५ फागुन २०७३। उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्छन ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले अफ्नै घरमा इलेक्ट्रोनिक पसल सञ्चालन गरेका छन। पढेको कुरालाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने २४ वर्षीय श्रेष्ठ बताउछन । उनले ५ वर्षअघि मैले रु ८ हजार लगानी गरी यो पसल सञ्चालन गरेका हुन ।
शुरु शुरुमा धेरै व्यापार नभएपनि ग्राहकलाई उनको चित्त वुझाएर अहिले भ्याइनभ्याइ छ ।
पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च उनैले धान्दै आएको छ। श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठले आफ्नो बहिनीलाई समेत ब्यूटिपार्लर सम्बन्धी अध्ययन गराइरहनुभएको छ । इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने श्रेष्ठको योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उनको योजना छ ।
हाल श्रेष्ठले मोबाइलको चार्जर, सोलार चार्जर र मोबाइलमा राख्ने प्रोटेक्टेक्सन ग्लास समेत आफैँले बनाउन थालेकाछन ।
नेपालमा नै प्राविधिक विषय पढेर इलेक्ट्रोनिक्स पसल सञ्चालन गरेका महेश श्रेष्ठले नेपालमा नै आफूले अवसर खोज्न सके प्रशस्तै सम्भावना रहेको बताए ।


