आगलागीबाट महिलाको मृत्यु

ताप्लेजुङ, ८ चैत २०७५ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा विहिवार आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो । शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

रासस

 

  • 40Read This News:
  • 404969Total reads:
  • 218409Total visitors: