हुम्लामा १३ घर जलेर नष्ट

हुम्ला, २१ पुस २०७५ । जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् ।

स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

 

  • 97Read This News:
  • 407565Total reads:
  • 220852Total visitors: