रु सात लाख सहित एक्काइस जुवाडे पक्राउ

काठमाण्डौ, २१ पुस २०७५ । काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु ७ लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो ।

छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ पुरुषको अनुसन्धानपछि कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले जानकारी दिनुभयो ।

 

  • 53Read This News:
  • 407565Total reads:
  • 220852Total visitors: