ललितपुरको एक फर्निचर पसलमा आगलागी

काठमाडौँ, २१ पुस २०७५ । ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा आज आगलागी भएको छ ।

भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् । विद्युत् विच्छेदन भई आगलागी हुँदा करीब रु ४० लाखको नोक्सान भएको उहाँले जानकारी गराउनुभयो ।

 

  • 45Read This News:
  • 407482Total reads:
  • 220778Total visitors: