कालीकोटमा भएको आगलागीको घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ पुस २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ ।

उहाँले आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यही पुस ८ गते आगलागी हुँदा कालीकोटका पताला गाउँमा ८८ घर नष्ट भएको थियो ।

 

  • 37Read This News:
  • 406447Total reads:
  • 219789Total visitors: