क्याटलोनियाली पूर्व नेता पुज्डमोनलाई सुपुर्दगी गरिने

जर्मनी, २१ चैत २०७४ । जर्मनीका कानून अधिकारीहरूले आफूहरूले जर्मनीमा पक्राउ परेका स्पेनको क्याटलोनिया सरकारका पूर्व प्रमुख काल्र्स पुज्डमोनलाई कानूनी प्रक्रिया पु¥याएर सुपुर्दगी गर्न लागिएको मङ्गलबार बताएका छन् ।

जर्मनीको उत्तरी राज्य स्क्लेसविग– होलस्टेनका महान्यायाधिवक्ताले पुज्डमोनलाई सुपुर्दगीका लागि उच्च क्षेत्रीय अदालतमा निवेदन दर्ताको प्रक्रिया अघि बढाइएको बताउनुभएको जर्मनीको दुएश्चे प्रेस एजेज्टर (डिपीए)ले जनाएको छ ।

महान्यायाधिवक्ताले भने, “कानूनाधिकारीहरूले पुज्डमोनको पक्राउ पूर्जीबारे नजिकबाट अध्ययन गर्नेछन् । ‘यदि पुज्डमोनमाथि लागेको राज्यविद्रोहको आरोप जर्मनीको फौजदारी कानूनको समान भएको वा नभएको’ भन्ने बिषयमा अध्ययन भइरहेको र सुपुर्दगी गर्नु जर्मनीको कानून अनुसार ठहर भएमा सुपुर्दगी गरिने छ ।”

पुज्डमोनलाई डेनमार्कबाट जर्मनी फर्किने क्रममा जर्मनीको राजमार्ग गस्ती गर्ने प्रहरी टोलीले गत मार्च २५ गते पक्राउ गरिएको थियो । उहाँले आफूमाथि स्पेन सरकारले लगाएको ‘राज्य विद्रोह’ तथा ‘राष्ट्रघात’ गरेको आरोप विरुद्ध स्पेनी अदालतमासमेत पुनरावलोकनका लागि मुद्दा दायर गर्नुभएको छ ।

 

  • 23Read This News:
  • 407167Total reads:
  • 220472Total visitors: