रेडियो नेपाललाई नयाँ आयाम दिन राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाकोआग्रह

काठमाडौँ, २० चैत २०७४ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो स्थितिमा रेडियो नेपाललाई कलात्मक र प्रतिस्पर्धी बनाई नयाँ आयाम दिन आग्रह गर्नुभएको छ ।

स्थापनाको ६८औँ वार्षिकोत्सवका अवसरमा केन्द्रीय स्टुडियो सिंहदबारमा आज आयोजित कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले सबैलाई समेटेर जनभावनालाई जोड्ने क्षमता रेडियोसँग भएकाले यसको विकासका लागि सरकारको साथ रहने बताउनुभयो ।

उहाँले मुलुुकको राष्ट्रिय एकता, महत्वपूर्ण घटनाक्रम, लोकतन्त्रको संस्थागत विकाससँगै लोकतन्त्रलाई जनस्तरसम्म फैलाउन रेडियो नेपालको अग्रणी भूमिका रहेको पनि स्मरण गर्नुभयो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले रेडियो नेपालको संस्थागत सुधारतर्फ मन्त्रालय सदैव सहयोगी हुने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संघीयताअनुुरुप रेडियो नेपालले पाँचवटा प्रादेशिक प्रसारण केन्द्र सञ्चालन गरिसकेको र दुईवटा प्रदेशमा प्रसारण केन्द्र निर्माण गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा स्रष्टा सम्मानतर्फ संगीतकार गणेश परियार र वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधि सम्मानित हुनुभयो । उहाँहरुलाई रु ५१ हजार नगदसहित कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा रेडियो नेपालका नौ जना पूर्वकार्यकारी निर्देशकलाई सम्मान गरिएको थियो ।

/]l8of] g]kfnsf] jflif{sf]T;j ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf

/]l8of] g]kfnsf] jflif{sf]T;j ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf

रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत, संगीत प्रतियोगिता, कविता प्रतियोगिता, वक्तत्वकला, खेलकुदलगायत प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।

 

  • 76Read This News:
  • 407082Total reads:
  • 220392Total visitors: