आज नव नेपाल संम्वत शुरु, गाई, गोरु र गोवद्र्धन पूजा मनाइदै

काठमाडौँ, १५ कात्तिक २०७३ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

आजैको दिन नेवार समुदायले साँझ आफ्नो शरिरको पुजा म्हपुजा गर्ने गरिन्छ । नेवार समुदायहरुको वाहुल्यता रहेको क्षेत्र काठमाण्डौ, भक्तपुर, ललितपुर मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कास्की, तनहुँ, लम्जुंग, पर्वत, वाग्लुँग, म्याग्दी, गुल्मी, पाल्पा, धनकुटा, वारा पर्सा आदी क्षेत्रमा विशेष वर्षको रुपमा मनाउने गरिन्छ ।

आजै संखधर साँख्वाःद्वारा शुरु गरेको नेपाल सँम्वतको पनि शुरुवात हुन्छ ।

 

  • 193Read This News:
  • 417778Total reads:
  • 230527Total visitors: