काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौँ, २१ फागुन २०७४ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

 

  • 35Read This News:
  • 460632Total reads:
  • 270078Total visitors: