दीनानाथ शर्माको ‘बाह्रखरीको बोटमूनि’ लोकार्पण

ललितपुर, २१ फागुन २०७४ । राजनीतिज्ञ तथा स्रष्टा दीनानाथ शर्माद्वारा लिखित निबन्ध सङ्ग्रह ‘बाह्रखरीको बोटमूनि’ पुस्तकको आइतवार लोकार्पण भएको छ ।

साझा प्रकाशनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको लोकार्पण गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाल राष्ट्रलाई बलियो गरेर एकताबद्ध गर्न पार्टी एकीकरण गरिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र आफू दुवै राजनीतिक परिवर्तनका लागि लामो समय लडेको औँल्याउँदै उहाँले भन्नुभयो, “एक जना १४ वर्ष वनबास बसेर आयौं भने अर्को जेल बसेर आएका हौं ।” पार्टी एकीकरण सबैको चाहनाको अभिव्यक्ति भएको उहाँले दाबी गर्नुभयो ।

आफूले राजनीतिमा समय दिनु पर्दा चाहेर पनि साहित्यका लागि समय छुट्टाउन नसकेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सक्रिय राजनीतिमा लाग्नु पहिले म कविता, निबन्धलगायत विधामा कलम चलाउथेँ ।” राजनीतिज्ञले फुर्सद मिलाएर सिर्जना गर्न दीनानाथ शर्माबाट प्ररेणा लिनुपर्ने उहाँको भनाइ थियो ।

शताब्दी पुरुष सत्यमोहन जोशीले कृतिले समस्त निबन्ध विधालाई माथि उठाएको चर्चा गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले राजनीतिज्ञले आफूले गरेको कठोर निर्णयको बिमति सिर्जनामा गर्ने बताउनुभयो । समालोचक प्रा डा वासुदेव त्रिपाठीले नेपाली साहित्यमा नयाँ आयाम थपिएको बताउनुभयो ।

निबन्धकार शर्माले राजनीति र साहित्यको समाजमा फरक महत्व भएको बताउनुभयो ।

 

  • 44Read This News:
  • 460523Total reads:
  • 269970Total visitors: