निरन्तर वढन थालेको पेट्रोलको मात्र मूल्यमा रु एक घट्यो

काठमाडौँ, २१ फागुन २०७४ । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैया घटाएको छ ।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

 

  • 87Read This News:
  • 460522Total reads:
  • 269969Total visitors: