अग्रिम निर्वाचन गर्नुपर्ने कारण छैनः प्रम नेतान्याहु

इजरायल, २१ फागुन २०७४ । इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले इजरायलमा अग्रिम निर्वाचन गर्नुको कुनै कारण नभएको बताउनु भएको छ ।

इजरायलको गठबन्धन सरकारमा बढ्दो संकटको समाधानका लागि भन्दै निर्वाचन गर्न लागिएको भनिएका बेला प्रधानमन्त्री नेतान्याहुले आइतबार यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि उहाँले भन्नुभयो, “अग्रिम निर्वाचन गर्नुको कुनै कारण मैले देखेको छैन, सो निर्वाचनमा जानका लागि पनि हामीसँग कुनै कारण छैन ।

उहाँ अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ताका लागि अमेरिका जान लाग्नुभएको छ । सो भेटवार्तापछि सरकार संसद विघटन हुने सम्भावना रहेको बताइएको छ ।

उहाँले थप्नुभयो, “मैले सरकारमा राम्रो नै गर्नेछु, र मेरो सरकारका साझेदारहरुका लागि पनि राम्रो गर्नेछु भन्ने मैले विश्वास लिएको छु ।”

इजरायलको वर्तमान गठबन्धन सरकार अल्पमतमा पर्न लागेको भन्दै समय अगावै निर्वाचनको घोषणा हुनेजस्ता समाचारहरु आइरहेका थिए । यहाँको संसदको समय बाँकी रहेको छ ।

 

  • 97Read This News:
  • 460522Total reads:
  • 269969Total visitors: