सडक दुर्घटनामा ८ जना भारतीयको मृत्यु

भारत, १५ कात्तिक २०७३ । भारतको राजस्थानमा आइतबार दुई भिन्नाभिन्नै सडक दुर्घटनामा परी कम्तीमा आठ भारतीयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजस्थानको टङ्क जिल्लामा एउटा जिपले रोकिराखेको राजस्थानको ट्रकलाई ठक्कर दिएपछि गुडिरहेको उक्त जिप सडकमा पल्टिँदा ३ महिला, १ तीनदिने शिशु र २ जना अन्य गरी ५ जनाको मृत्यु भएको थियो ।

यस्तै कोटा जिल्लामा शनिबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताइएको छ ।

राति गुडिरहेको बसको नियन्त्रण गुम्दा सडक नजिकै रहेको बस्तीमा ठक्कर दिएपछि तीन जनाको मृत्यु भएको र स्थानीयसहित १० जना घाइते भएको प्रहरीले बताएको छ ।

 

  • 47Read This News:
  • 417808Total reads:
  • 230556Total visitors: